शुक्रबार, वैशाख १४, २०८१

उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको तयारी

नेपालखोज २०७९ चैत १० गते १७:००

काठमाडौं । आगामी १० वैशाखमा उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयारी थालेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

तयारी स्वरुप बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्कीलाई निर्वाचन परिचालन समिति संयोजक तोकिएको छ ।

प्रतिक्रिया