शुक्रबार, वैशाख १२, २०८२

शनिदेवको कृपा रहने राशि !

नेपालखोज २०७९ चैत ११ गते ६:३०

धेरैलाई शनिदेवको नाम सुन्दै डर लाग्न थाल्छ किनभने शनिदेवलाई क्रूर ग्रह मानिन्छ । शनि ग्रहलाई सबै ग्रहहरू मध्ये सबैभन्दा सुस्त गतिमा चल्ने तर सबैभन्दा कडा ग्रह मानिन्छ । यो ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब साढे दुई वर्ष लाग्छ । शनिको एउटा चक्रले मानिसमा साढे दुई वर्ष तथा साढे सात वर्ष बास गर्छ ।

शनि ग्रहका बारेमा के भनिन्छ भने जसको कुण्डलीमा शनिको कृपा हुन्छ उ रातारात राजा बन्छ । मानिसले जीवनको सबै सुख र ऐश्वर्य प्राप्त गर्न थाल्छ । अर्कातर्फ यदि कसैको कुण्डलीमा शनि अशुभ स्थितिमा छ भने उसले सबै प्रकारका समस्या सामना गर्नुपर्ने हुन्छ । वैदिक ज्योतिषमा शनिलाई न्याय अनि परिणामको देवता मानिन्छ । यसले व्यक्तिले गरेको कर्मका आधारमा शुभ वा अशुभ परिणाम दिन्छ । वैदिक ज्योतिषशास्त्र अनुसार केही यस्ता राशी छन् जसप्रति शनिदेव सदैव प्रसन्न रहन्छन् र ती राशिका व्यक्तिले शनिदेवबाट धेरै कष्ट भोग्नु पर्दैन ।

हेरौं कुन राशिमा शनिदेवको कृपा सधैं कायम रहन्छ

तुला : यो शनिदेवले सधैं आफ्नो शुभ दृष्टि दिने राशि मध्येको एक हो । वैदिक ज्योतिष शास्त्र अनुसार तुला राशिका मानिसहरुमा शनिदेवको कृपा सदैव रहन्छ । तुला राशि शनिको उच्च राशि हो त्यसैले यो राशिमा शनिको सबैभन्दा शुभ प्रभाव रहन्छ । शनिदेवको कृपाले यो राशिका मानिसहरुको जीवन सधै सुख समृद्धिमा ब्यतित हुन्छ। उनिहरुलाई साथ भाग्यले दिन्छ जसले गर्दा कठिन काममा समेत सफलता हात लाग्छ । यो राशिका मानिसहरु इमानदार, सहयोगी र मेहनती हुन्छन् ।

मकर : तुला पछि, मकर राशिका मानिसहरूमा शनिको सबैभन्दा शुभ प्रभाव र कृपा हुन्छ । मकर राशिको स्वामी शनि हो । शनि ग्रहको आफ्नै राशि भएका कारणले यो राशिका जातकहरूलाई शनिले अधिक शुभ प्रभाव प्रदान गर्छन । मकर राशिका मानिसहरु स्वभावले उत्साही तथा मेहनती हुन्छन् ।

कुम्भ : मकर राशि जस्तै कुम्भ राशिको शासक ग्रह पनि शनि नै हो। यो राशि शनिदेवलाई मनपर्ने राशि मध्ये एक हो । यो राशिका मानिसहरूलाई शनिदेवको कृपा पनि हुन्छ, जसका कारण उनीहरूले आफ्नो जीवनमा आर्थिक संकटको सामना गर्नुपर्दैन । कुम्भ राशि भएका व्यक्तिले थोरै परिश्रममा ठूलो सफलता हासिल गर्न सक्छन् । यो राशिका मानिसहरुको जीवनमा अचानक धनको आगमन हुन्छ, जसका कारण उनीहरुलाई सबै प्रकारको सुख प्राप्त हुन्छ ।

प्रतिक्रिया