बिहीबार, वैशाख १३, २०८१

महिला नेतृत्व शिखर सम्मेलन आजदेखि

नेपालखोज २०७९ चैत ११ गते ६:४८

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले आज चैत ११ र १२ गते काठमाडौँमा ‘महिला नेतृत्व शिखर सम्मेलन २३’ (वुमेन्स लिडरसिप समिट २३) आयोजना गर्दैछ । कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीन वटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको परिसङ्घले जनाएको छ । ‘कोभिड–१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गर्न खोजिएको हो’, परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले भने ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनको भनाइ छ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसङ्घ महिला उद्यमी मञ्चका सभापति छायाँ शर्माले बताए ।

उनका अनुसार सम्मेलनका विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भूटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायत क्षेत्रमा स्थापित एवं प्रभावशाली व्यक्तित्वको सहभागिता रहनेछ । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याउनुभएका दुई जना महिलालाई सम्मान गरिनेछ ।

साथै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिनेछ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव सरकारलाई हस्तान्तरण गरिने पनि परिसङ्घले जनाएको छ ।

प्रतिक्रिया