नेप्से २ हजार ८५० बिन्दुमा, सातामा ४९ अर्ब ४० करोडको शेयर किनबेच

नेपालखोज २०८२ साउन २३ गते १४:१४

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ८५० दशमलव ३७ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४९० दशमलव १६ बिन्दुुमा कायम भएको छ ।

यो साता ३२५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार छ लाख २२ हजार ७६९ पटकको कारोबारमा १२ करोड ८६ लाख ९८ हजार ४८४ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ४९ अर्ब ४० करोड सात लाख १२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा ४७ अर्ब रुपैंयाँले कम हो । गत साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुुसार आठ लाख ४२ हजार २३ पटकको कारोबारमा २१ करोड ७८ लाख ७६ हजार छ सय ३८ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ९६ अर्ब ८८ करोड ७९ लाख पाँच सय ६० रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौंथो दिन ओरालो लागेको नेप्से परिसुचक बाँकी दिनहरुमा भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ६३ दशमलव ७३ अंकले ओरालो लागेर २८ सय ५८ दशमलव ९० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३७ अंकले ओरालो लागेर चार सय ९० दशमलव ७५ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक शुन्य दशमलव ५८ प्रतिशतले उकालो लागेर २८ सय ७५ दशमलव ५५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८४ प्रतिशतले उकालो लागेर चार सय ९४ दशमलव ८७ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक ४१ दशमलव ७८ अंकले ओरालो लागेर दुई हजार आठ सय ३३ दशमलव ५७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५१ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ३९ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक एक दशमलव दशमलव ९४ अंकले ओरालो लागेर २८ सय ३२ दशमलव छ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८९ अंकले ओरालो लागेर चार सय ८७ दशमलव ५५ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन बिहिबार भने नेप्से परिसुचक १८ दशमलव ३० अंकले उकालो लागेर २८ सय ५० दशमलव ३७ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव १६ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालन रि इन्स्योरेन्स कम्पनी, राधी जलबिद्युत कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया