मंगलबार, असार २४, २०८२

विश्वभर मनाइयो ‘अर्थ आवर डे’, एक घण्टा बत्ती निभाइयो

नेपालखोज २०७९ चैत १२ गते ७:०५

काठमाडौं । हरेक वर्ष झै यसपटक पनि शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । वर्ल्ड वाइड फण्ड फर नेचरले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाउँदै आएको छ ।

हिजो शनिबार संसारका थुप्रै सहरका मानिसहरुले साँझ ८.४५ देखि ९.४५ बजेसम्म एक घण्टा बत्ती निभाएर यो दिवस मनाए । प्रत्येक वर्ष अर्थ आवर डे मा विश्वभरि लाखौं मानिसहरू स्वेच्छाले एक घण्टाको लागि बत्ती निभाउँछन् । यसको उद्देश्य मानिसहरूलाई ऊर्जा बचत गर्न प्रेरित गर्नु तथा जलवायु परिवर्तनको सङ्कटप्रति मानिसहरुको ध्यानाकर्षण गराउनु हो ।

यसका साथै यो दिवसको शन्देस हामीले प्रकृतिको हानि रोक्नु अनि मानव जातिको भविष्य सुधार्न योगदान दिनु पर्छ भन्ने पनि हो ।

अष्ट्रेलियाको सिड्नी सहरमा ३१ मार्च २००७ मा पहिलो पटक अर्थ आवर डे मनाइएको थियो । त्यसपछि हरेक वर्ष यो परम्परा बिकसित हुँदै गएको छ ।

प्रतिक्रिया