अमृतपालको खोजीमा नेपाली सिमामा कडाइ

भारत । ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंह उत्तराखण्ड पुग्ने वा नेपाल पस्ने सम्भावना लाई लिएर भारतको उत्तराखण्ड राज्यको सीमामा सघन चेकिङ सुरु गरिएको छ ।
उत्तराखण्ड प्रहरीलाई प्राप्त सूचनाका आधारमा अमृतपाल हरियाणा हुँदै उत्तराखण्ड आउन सक्ने आशंका गरिएको छ । उत्तराखण्डका एडीजी कानून र व्यवस्था वी. मुरुगेसनले पञ्जाब पुलिसको अलर्टपछि कडाइ गरिएको बताएका छन । उधम सिंह नगर, चम्पावत, हरिद्वार तथा देहरादून जिल्लाहरूमा सीमा जाँच चौकीमा अमृतपालको तस्बिरसहित प्रहरीहरू तैनाथ गरिएका छन् ।
अमृतपालको खोजीमा स्थानीय प्रहरीसँगै उत्तराखण्ड एसटीएफको टोली पनि तैनाथ छ । अमृतपाल भागेर नेपाल जाने वा उत्तराखण्डमा बस्ने सम्भावना देखिएपछि प्रहरी र सुरक्षा निकायलाई सतर्क गराइएको छ । यसैगरि बनबासाको नेपाल–भारत सीमा नाकाबाट आवतजावत गर्नेहरुको विस्तृत अनुसन्धान भैरहेको छ ।
प्रतिक्रिया