मोरक्कोसँग पराजित भयो ब्राजिल
नेपालखोज
२०७९ चैत १२ गते ८:२२

काठमाडौं । विश्वकपपछिको पहिलो खेलमा ब्राजिल अफ्रिकी टिम मोरक्कोसँग पराजित भएको छ ।
आज बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए।
हालै सम्पन्न विश्वकपमा मोरक्कोले अविश्वसनीय खेल प्रदर्सन गर्दै चौथो स्थान हासिल गरेको थियोे । मोरक्को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया