तिलोत्तमा नगरपालिकाले गर्याे खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं । तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाले आइतबार एक कार्यक्रम गरी तीन खेलाडीलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो। खेलाडीहरूलाई नगद सहित सम्मान गर्दै तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।
खेलाडी उत्पादनका लागि तिलोत्तमा उर्वर भूमी बन्दै गरेको उल्लेख गर्दै खेलकुदको बिकासमा नगरपालिकाले पहल गरिरहेको उपप्रमुख चौधरीले बताइन्। यसैगरी नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमाको पहिचानलाई पनि बढाएको बताए।
आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै उनले खेलाडीहरूलाई बधाई पनि दिए।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको अन्तिम सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका सिनियर टिमका ओपनर कुशल भुर्तेल, राष्ट्रिय टिममा समावेश रहेका मौसम ढकाल र यू–१९ टिमका कप्तान देव खनाललाई नगरपालिकाले सम्मान गरेको हो। खनालको कप्तानीमा नेपालको यू–१९ टोली पनि विश्वकप छनोटमा पुगेको छ।
प्रतिक्रिया