बुधबार, असार ४, २०८२

चार दलको विज्ञप्ती : कोशी नाम स्वीकार्न अपील

नेपालखोज २०७९ चैत १२ गते १७:११

विराटनगर । कोशी प्रदेशका ठूला चार दलले विज्ञप्ती जारी गर्दै कोशी नाम स्वीकार्न अपील गरेका छन् ।

प्रदेशको नामांकरणलाई लिएर पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । असन्तुष्टिको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको थियो । पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।

‘बृहत सहमतिका साथ प्रदेशको नामाकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया