सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

नेपालखोज २०७९ चैत १३ गते ६:३९

 काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । पूर्वकप्तानसमेत रहेकाे उनकाे ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । 

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो ।  

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । 

प्रतिक्रिया