बुधबार, असार ४, २०८२

काँचुली फेरेको सर्पजस्तो फुर्तिलो बनेर संगठन निर्माणमा लाग्नुस् : ओली

नेपालखोज २०७९ चैत १३ गते १६:४८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँचुली फेरेको सर्पजस्तो फुर्तिलो बनेर संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।

‘मिसन ग्रासरुट’अन्तरगत गुल्मीको तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्य भन्दा कम मत आउने परिपाटीलाई अन्त्य गर्नका लागि संगठन निर्माणमा लाग्न एमाले कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘पार्टीको सदस्यता नविकरण घरमै उपस्थित भएर र संगठित हुने व्यक्ति पनि आफैँ उपस्थित भएर गर्नसके मात्रै प्रतिबद्ध बन्न र बनाउन सकिन्छ ।’ उनले एमालेले परिणाममा ५१ प्रतिशत ल्याउने गरि मिसन ग्रासरुट सफल पार्नुपर्ने बताए ।

‘देशलाई डुब्न दिनुहुदैन् । विदेशीको लाचार छायाँ बन्न दिनुहुदैन् । हाम्रा इतिहास महान् छन् ।’ प्रवचनशैलीमा बोलेका ओलीले पार्टी भित्रको सानातिना अन्तरविरोधलाई त्यागेर अघि बढ्न अपील गरे ।

‘विरोधीसँग एक भएर सामना गर्नुहोस्, साथीभाईसँग के को गनगन ?’उनले भने । पार्टी भित्र कुनै गुटको आधारमा भागबण्डा नहुने उनले दाबी गरे ।

प्रतिक्रिया