बिहीबार, चैत १५, २०८०

‘पठान’को सफलतापछि शाहरुख खानले किने सबैभन्दा महँगो कार

नेपालखोज २०७९ चैत १४ गते १३:१८

बलिउडका किंग खान शाहरुख खान यति बेला पठानको सफलताले नाइन क्लाउडमा छन् । हालै उनले लक्जरी रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज किनेका छन् । सबैलाई थाहा छ शाहरुख खानलाई लग्जरी गाडीको कत्तिको मन छ ? वास्तवमा उनी यसको सोखिन नै हुन ।

यही कारणले उनी हरेकपल्ट फरक लग्जरी गाडीमा देखिन्छन् । उनको कार सङ्ग्रहमा एक सय एक महँगा गाडीहरू छन् जसको मूल्य करोडौँ छ । अहिले यो सङ्ग्रहमा अर्को रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज पनि थपिएको छ। शाहरुख खानसँग सेतो रङ्गको रोल्स रोयस कुलिनन छ जुन लक्जरी एसयूभीको मूल्य भारतमा स्थानीय मुद्रा अनुसार ८.२ करोड जति पर्छ । यो कार थुप्रै कस्टमाइजेसन विकल्पहरूमा उपलब्ध हुन्छ जसका कारण यसको लागत १० करोड भारु सम्म पुग्छ । यो हाल भारतको सबैभन्दा महँगो कार हो।

एसयूभि कुलिननको खास कुरा

रोल्स रोयस यस्तो कार ब्रान्ड हो जसको कुनै न कुनै मोडल धनीहरूसँग भएकै हुन्छ । यो कारको विशेष कुरा यसलाई आफ्नै तरिकाले तयार गर्न सक्नु हो । लुक र फिचरका साथसाथै कम्फर्टका हिसाबले यो कारको कुनै टक्कर छैन । अहिले शाहरुख खानको नयाँ कारको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा उनी कार लिएर मन्नत जाँदै छन् ।

शाहरुख खानको कार कलेक्सन

शाहरुख खानको लक्जरी कार कलेक्सनमा बीएमडब्ल्यू , ओडी , टोयोटा , रेन्ज रोभर जस्ता कम्पनीका कार पनि छन् जसको कुल मूल्य अरब रुपैयाँ माथि छ ।

प्रतिक्रिया