शुक्रबार, चैत १६, २०८०

शरीरको गन्धले खुसी र चिन्ता थाहा पाउन सकिन्छ ? अनुसन्धान यसो भन्छ

नेपालखोज २०७९ चैत १४ गते १३:५४

एजेन्सी । स्विडेनका केही अन्वेषकहरूका अनुसार मानव शरीरको गन्धले भावनात्मक अवस्थाहरू (जस्तै: खुसी वा चिन्ता)का बारेमा धेरै कुरा बताउन सक्छ र यो गन्ध सुँघ्ने अन्य मानिसहरूको प्रतिक्रिया पनि त्यस्तै हुन्छ ।

यो प्रयोगका लागि अन्वेषकहरूले केही मानिसलाई हरर वा खुसीले भरिपूर्ण चलचित्र हेर्न भने । त्यसपछि फिल्म हेर्दा उनीहरूको शरीरबाट निस्किएको पसिनाको नमुना लिइएको थियो ।

यस क्रममा सोसल एन्जाइटी वा सामाजिक चिन्ताबाट पीडित ४८ जना महिलालाई माइन्डफुलनेस भनिने मनोवैज्ञानिक थेरापीका साथ यी पसिनाका नमुना सुँघ्न भनियो ।

सहभागीहरू मध्ये केही महिलालाई वास्तविक पसिनाको नमुना सुँघ्न दिइएको थियो भने केही लाई सादा हावा मात्र दिइएको थियो । यसमा पसिनाको गन्ध सुँघ्नेहरूले राम्रो प्रदर्शन गरेको पाइएको बताइन्छ ।

प्रतिक्रिया