सरोजकुमार यादव बने मधेश प्रदेशका मुख्यमन्त्री
नेपालखोज
२०७९ पुष २७ गते १३:१९
काठमाडौं । जसपाको मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनले आजै मात्र सरकार गठनका लागि बहुमत सांसदको समर्थन लिएर प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेश गरेका थिए । उनलाई आजै नियुक्त गरिएको छ । नवनियुक्त मुख्यमन्त्री बाराबाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया