बुधबार, असार ४, २०८२

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटे

नेपालखोज २०७९ चैत १४ गते १४:२८

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना आज (मंगलबार) रिहा भएका छन् ।

धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका उद्धव बस्नेत, सोम शर्मा र विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका हुन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

काठमाडौंको बानेश्वरमा ७ चैते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया