नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित दुईजना पक्राउ
नेपालखोज
२०७९ चैत १४ गते १७:५४

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जना पक्राउ गरेकाे छ । आयोगले कित्ता काट गर्न सहजीकरण गरिदिए बापत उनीहरुले घुस लिएकाे भन्दै मंगलबार पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा मुक्तिनाथ नुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी रहेका छन् । उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया