श्रीलंकाले हरित अर्थतन्त्र अपनाउने
नेपालखोज
२०७९ चैत १४ गते २०:२९

श्रीलंका । श्रीलंकाको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ ।
‘श्रीलङ्कासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरू मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ। राष्ट्रपति (रानिल) विक्रमासिङ्घे हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलङ्काको बलियो अर्थतन्त्र निर्माणको आधार हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ ।
हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया