साउदी अरेबियाको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
नेपालखोज
२०७९ चैत १४ गते २२:३१

साउदी । मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
साउदीको सरकारी सञ्चारमाध्यमका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशका बासिन्दा थिए ।
सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण–पश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा पुलसँग ठोक्किएर बस पल्टिएको हो । त्यसपछि बसमा आगो लागेको थियो ।
न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया