शुक्रबार, वैशाख १४, २०८१

एआईका कारण लाखौं रोजगारी गुम्ने, कम जोखिममा

नेपालखोज २०७९ चैत १५ गते १२:३२

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका कारण आगामी दिनमा विश्वभर ३० करोड रोजगारी गुम्न सक्छ । अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरेको छ ।

प्रतिवेदनमा भनिएको छ कि एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाई रोजगारी हटाउन सक्छ। तर यससँगै नयाँ रोजगारीको सम्भावना पनि उत्पन्न हुन सक्छ।

प्रतिवेदनमा भनिएको छ कि एआईका कारण विश्वभर उत्पादकत्वमा करिब ७ प्रतिशतले वृद्धि हुनेछ । बेलायतमा, सरकार एआईमा लगानीलाई प्रोत्साहन गर्न इच्छुक छ । यसले अन्तत : उत्पादकत्व बढाउने बेलायतको विश्वास छ।

बेलायतको विज्ञान र प्रविधि मन्त्री मिशेल डोनेलनले भने, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि बेलायतमा एआईले हाम्रो रोजगारीलाई हटाउनको सट्टा सुधार गर्न काम गर्नेछ ।’ गोल्डम्यान साक्सको रिपोर्टमा एआईको प्रभाव धेरै क्षेत्रमा देखिने बताइएको छ ।

जसमध्ये ४६ प्रतिशत प्रशासनिक र ४४ प्रतिशत कानुनी पेशा प्रभावित हुनेछन् । एआईको न्यूनतम प्रभाव ती क्षेत्रहरूमा हुनेछ जहाँ शारीरिक श्रम गर्नु पर्छ । प्रतिवेदनमा निर्माण क्षेत्रमा ६ प्रतिशत र मर्मत सम्भारमा ४ प्रतिशतले असर पर्ने उल्लेख छ ।

प्रतिक्रिया