ज्वालालाई मन्त्रीमा पठाउने नेकपा एसको निर्णय
नेपालखोज
२०७९ चैत १५ गते १५:३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालयको आज (बुधबार) बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरेको हो ।
स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया