संसद बैठकमा सांसद न्यून : सांसद खतिवडा
नेपालखोज
२०७९ चैत १५ गते १६:३२

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताए । ‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न’, उनले भने, ‘संसद् हाजिर गर्ने र हिड्ने माध्यम नबनोस् ।’
सम्बन्धित
प्रतिक्रिया