सोमबार, असार ३२, २०८१

सन् २०२२ मा विश्वमा प्रयोग गर्न सकिने आणविक हतियारको भण्डार बढ्यो : अध्ययन

नेपालखोज २०७९ चैत १५ गते २१:०७

ओस्लो । युक्रेनमा जारी युद्धपछि आणविक तनाव बढ्दै गएपछि बुधबार सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख्या वृद्धि भएको जनाएको छ ।

नर्वेली जनताका लागि सहयोग (एनपीए) नामक गैरसरकारी संस्थाद्वारा प्रकाशित आणविक हतियार प्रतिबन्ध अनुगमनको रिपोर्ट अनुसार सन् २०२३ मा नौ वटा आधिकारिक र अनौपचारिक आणविक शक्ति सम्पन्न मुलुकसँग नौ हजार ५७६ वटा तयारी हतियार रहेका छन् । ती हतियारमा एक हजार ३५० भन्दा बढी हिरोशिमा आक्रमण भएका बम बराबरका ‘सामूहिक विनाशकारी उर्जा शक्ति’ रहेको प्रतिवेदनमा उल्लेख छ ।

रूसले युक्रेनमाथिको आक्रमण र पूर्वी युरोपेली मुलुकलाई पश्चिमी सैन्य सहायताको सम्बन्धमा बारम्बार आणविक खतरा उठाएको बेला यो तथ्याङ्क प्रकाशित गरिएको हो । शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा ‘रणनीतिक आणविक हतियार तैनाथ गर्न’ मिन्स्कसँग सहमत भएको घोषणा गर्नुभएको थियो । गत वर्ष प्रयोगका लागि तयार पारिएको विश्वव्यापी आणविक भण्डारमा थप १३६ वटा ‘वारहेड’को श्रेय पाँच हजार ८८९ वारहेड भएको विश्वको सबैभन्दा ठूलो शस्त्रागार रूस तथा चीन, भारत, उत्तर कोरिया र पाकिस्तानलाई दिइएको थियो ।

‘यो वृद्धि चिन्ताको विषय हो र सन् २०१७ देखि सुरु भएको यो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ,’ आणविक हतियार प्रतिबन्ध निरक्षिणकासम्पादक ग्रेटे लाउग्लो ओस्टर्नले एक विज्ञप्तिमा भन्नुभएको छ । यसैबीच विश्वमा सेवाबाट हटाइएकासहित आणविक हतियारको कुल भण्डार घट्दै गइरहेको छ । गत वर्ष, रूस र संयुक्त राज्य अमेरिकामा पुराना ‘वारहेड’हरूको नस्ट गरिएका कारण आणविक हतियारहरूको सङ्ख्या १२ हजार ७०५ बाट घटेर १२ हजार ५१२ मा झरेको छ ।

नयाँ वारहेडहरू थप्ने क्रम नरोकिएसम्म विश्वमा आणविक हतियारहरूको कुल सङ्ख्या पनि चाँडै शीत युद्धपछि पहिलो पटक फेरि बढ्न तर ओस्टर्नले बताए । आधिकारिकरूपमा आठ आणविक शक्ति राष्ट्रहरू संयुक्त राज्य अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरिया हुन् भने इजरायलसँग अनौपचारिक रूपमा आणविक हतियार रहेको अनुमान छ ।

प्रतिक्रिया