मंगलबार, मंसिर २५, २०८१

इयूले गाजामा भागमा हिंसा भड्काउने केही इजरायलीमाथि नयाँ प्रतिबन्ध लगाउन सक्छ : फ्रान्स

नेपालखोज २०८१ कार्तिक २६ गते २१:०३

पेरिस । फ्रान्सका विदेशमन्त्रीले प्यालेस्टिनी भूभागमा हिंसा भड्काएको आरोप लागेका इजरायली बासिन्दाविरुद्ध युरोपेली युनियनले चाँडै नै नयाँ चरणको प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

फ्रान्सले यसअघि नै ‘२८ जना हिंस्रक’ बासिन्दाविरुद्ध प्रतिबन्ध लगाइसकेको र युरोपेली सङ्घस्तरमा प्रतिबन्धको निर्णय गर्न महत्वपूर्ण भूमिका खेलेको अन्तर्राष्ट्रिय वार्ताका लागि समर्पित वार्षिक भेला ‘पेरिस पिस फोरम’मा जाँ नोएल बारोटले बताए ।

उनले भने, ‘ईयूले दुई चरणको प्रतिबन्धको घोषणा गरिसकेको छ । चाँडै नै तेस्रो चरणको प्रतिबन्ध पनि घोषणा हुन सक्छ ।’

बिहीबार वेस्ट बैङ्कको भ्रमणका क्रममा बारोटले यसअघि नै नयाँ चरणको प्रतिबन्धको चेतावनी दिइसकिएको बताउँदै इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई राष्ट्र समाधानका लागि फ्रान्सको प्रतिबद्धतालाई दोहोर्याएका थिए ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग रामल्लाहमा भएको वार्तापछि उनले भने, ‘बस्तीका गतिविधिले इजरायल र प्यालेस्टाइनका लागि दिगो शान्ति सुनिश्चित गर्न सक्ने राजनीतिक परिप्रेक्ष्यलाई खतरामा पार्छ ।’

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले पनि चरमपन्थी बस्तीहरूविरुद्ध प्रतिबन्ध लगाएका छन्।

ईयूका विदेश मामिला आयुक्त जोसेप बोरेलले गत अगस्टमा इजरायली बसोवासीहरूले ‘शान्तिको कुनै पनि सम्भावनालाई खतरामा पार्ने’ बताउँदै इजरायली सरकारलाई ‘यी कार्यहरू अस्वीकार्य भएको र यिनलाई तत्काल रोक्न’ आह्वान गर्नुभएको थियो ।

बोरेलले भने, ‘इजरायली सरकारका केही सदस्यहरूसहित हिंसात्मक गतिविधिमा लाग्ने व्यक्ति, समूह वा समुदाय’ लाई पनि प्रतिबन्ध लगाइनेछ। रामल्लाहस्थित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष इजरायली सेना र बासिन्दाले पश्चिम किनारामा ७०० भन्दा बढी प्यालेस्टिनीको हत्या गरेका छन् ।

प्रतिक्रिया