मंगलबार, वैशाख ३०, २०८२

खुसी हुने पाँच उपाय

नेपालखोज २०७९ चैत १६ गते ७:१४

मनोविज्ञानको संसारमा अग्रणी नाम मध्ये एक नाम हो डा. टिम शार्प जसलाई डा. ह्याप्पी पनि भनिन्छ । डा. ह्याप्पीले हामीलाई खुसी हुने पाँचवटा उपाय बताएका छन् ।

मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि खुशी र दुःख मनको अवस्था हो अर्थात् एकै अवस्थामा सुखी र दुःखी पनि हुन सकिन्छ । डा. टिम शार्पले खुशी र यसको मनोविज्ञानमा धेरै अनुसन्धान गरेका छन् । त्यसैले उनलाई डाक्टर ह्याप्पी भनिन्थ्यो ।

जे छ त्यसमा खुशी रहन सिकौं

आफूसँग भएको कुरा पाएकोमा खुसी मनाउनु पर्छ आफूसँग नभएको कुरा नपाएकोमा दुःख होइन । अपेक्षा र आकंक्षा ले दुख निम्त्याउँछ ।

खुसी हुने लक्ष्य राख्नुहोस्

अर्थपूर्ण लक्ष्यहरू सेट गर्नुहोस् र तिनलाई प्राप्त गर्न कडा मेहनत गर्नुहोस् । त्यसपछि आफ्ना उपलब्धिहरूको आनन्द लिनुहोस्।

राम्रो सम्बन्ध

राम्रो सम्बन्ध निर्माण गर्नुहोस् । मानिसहरूलाई भेट्नुहोस् किनभने आफु वरपरका मानिसहरू नै आफ्नो खुशीको सबैभन्दा ठूलो कारण हुन् ।

स्वास्थ्य हेरचाह

आफ्नो शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोस् । नियमित व्यायाम, उचित आहार र उचित निद्रा आनन्दको आधार हो ।

खुशी सधैं सम्भव छैन

स्वीकार गर्नुहोस् कि सबै कुरा सधैं पूर्ण हुन सक्दैन। नराम्रो हुनु पनि जीवनको एउटा महत्त्वपूर्ण पाटो हो । गलत हुनु पनि ठिक हो । हामा हरेक मिनेट खुसी हुने आशा गर्न सक्दैनौं ।

प्रतिक्रिया