शुक्रबार, वैशाख २६, २०८२

विवाहको हल्ला चलिरहेको बेला परिणीति चोपडा र राघव चड्डा दिल्ली एयरपोर्टमा

नेपालखोज २०७९ चैत १६ गते १०:३२

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा बुधबार साँझ दिल्ली एयरपोर्टमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग देखिएकी थिइन् ।

पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरुको सम्बन्ध र विवाहको हल्लाको बजार तातो छ ।
यद्यपी दुबैले हालसम्म यसबारे खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘हालै संसद परिसरमा पत्रकारले राघव चड्डालाई परिणितीसँग सम्बन्धित प्रश्न सोध्दा उनले ‘तपाई राजनीतिमा प्रश्न गर्नुहुन्छ, परिणीतिलाई होइन’ भने ।

समाचार एजेन्सी एएनआईका अनुसार, परिणीति चोपडा र राघव चड्डा हिजो राति पत्रकार र फोटोग्राफरहरूलाई बेवास्ता गर्दै कार भित्र तीव्र गतिमा हिडिरहेका देखिए ।

प्रतिक्रिया