मंगलबार, असार ३, २०८२

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा थापा नियुक्त

नेपालखोज २०७९ चैत १६ गते १६:०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिलबहादुर थापा नियुक्त भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया