उच्च पहाडी तथा हिमाली केही भुभागमा हिमपातको सम्भावना

नेपालखोज २०७९ चैत १७ गते ७:१०

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

राती सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन ÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया