सोमबार, मंसिर २९, २०८२

मन्त्री भागबण्डाले कांग्रेसमा किचलो, ४ मन्त्रीको नाम पठाइयो

नेपालखोज २०७९ चैत १७ गते १३:३९

काठमाडौं । सत्ता बाँडफाँडमा ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ८ मध्ये आज ४ जनाको नाम मात्रै पठाएको छ ।

कम्तीमा ३ मन्त्री पाउनुपर्ने नत्र नाम नपठाउने शेखर कोइराला पक्षको ढिपीका कारण पहिलो चरणमा ४ जनाको नाम पठाइएको स्रोतले जनाएको छ । तर शेखर पक्षलाई २ जनाको नाम पठाउन भनेका थिए ।

पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङको नाम मन्त्रीका लागि पठाइएको छ ।

अहिलेसम्म खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल उद्योग र गुरूङ सहरी विकास मन्त्री बन्ने पक्का भएको छ । उद्यपी, सपथ अघि केही मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया