नुवाकोटमा सुमो दुर्घटना, २ जनाको मृत्यु

नेपालखोज २०७९ चैत १७ गते १६:२०

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका– ४ टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका– ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् ।

घाइतेहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

प्रतिक्रिया