शनिबार, जेठ ५, २०८१

ट्रम्प स्टर्मीको आरोपमा फस्ने कारण के हो ?

नेपालखोज २०७९ चैत १८ गते १०:०९

काठमाडाैं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र पोर्न स्टार स्टर्मी डेनियलको मामिलामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले भनेकि छिन्- कोही पनि कानून भन्दा माथि छैन् र यो पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमा पनि लागू हुन्छ। पूर्वउपराष्ट्रपति माइक पेन्सले ट्रम्पको अभियोगमा असन्तुष्टि व्यक्त गर्दै मुद्दाको नेतृत्व गरिरहेका म्यानहट्टनका वकिल राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

स्टर्मी डेनियलले सन् २००६ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शारिरिक सम्बन्ध भएको बताउँदै आएकि छिन् । उनले सन् २०१६ मा ट्रम्पका वकिल माइकल कोहेनले चुप बस्न १ लाख ३० हजार डलर दिएको आरोप लगाएकि छिन् । ट्रम्पको यो काम गैरकानूनी होइन तर ट्रम्पले आफ्नो खातामा उक्त रकमको भुक्तानी कसरी देखाएका छन भन्ने कुराले उनलाई समस्यामा पारेको छ।

ट्रम्पले यो भुक्तानीलाई कानुनी फिका रूपमा आफ्नो व्यापार रेकर्डमा गलत रूपमा प्रस्तुत गरेको आरोप छ । अब अमेरिकामा यसबिषयमा ट्रायल हुनेछ, जहाँ ट्रम्पले आफ्नो पक्ष प्रस्तुत गर्नेछन् । उनले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । यदि उनी य‍ो मामिलामा दोषी पाइए जेल पनि जानु पर्ने हुनसक्छ ।

जहाँसम्म चुनावी अभियानको कुरा छ । अमेरिकी संविधानअनुसार उनले यो आरोपका बाबजुद चुनावी अभियान जारी राख्न सक्छन् । ट्रम्पले सन् २०२४ मन हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने कुरा गर्दै आएका छन् ।

प्रतिक्रिया