शनिबार, वैशाख ८, २०८१

रमेश खरेल भन्छन्, ‘भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके कसैको भविष्य सुरक्षित छैन’

नेपालखोज २०७९ चैत १८ गते १६:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा २ का लागि उम्मेदवार बनेका रमेश खरेलले भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके कसैको भविष्य सुरक्षित नरहने बताए ।

रास्वपा पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक सिन्डिकेट र माफिया तन्त्रको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

अहिलेको निराशाबाट पार लगाउने रास्वपा भएको उल्लेख गर्दै उनले हिमाल पहाड र तराई जोडेर नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाउनुपर्ने बताए ।

प्रतिक्रिया