स्वर्णिम वाग्लेले भने, ‘डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेँ’
नेपालखोज
२०७९ चैत १८ गते १६:५३

काठमाडौं । नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका अर्थशास्त्री स्वर्णिम वाग्लेले डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेको बताए । उनले छोटो समयमा देश बनाउने अभियान थाल्न आफूहरू रास्वपामा जोडिएको बताएका छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा वाग्लेले अब राजनीतिक योगदान र जेलनेल बसेको र संघर्ष गरेको आधारमा भत्ता खाने समय अब सकिएको भन्दै डेलिभरीको लागि प्याराडाइम सिफ्ट भएको बताए ।
वाग्लेले पछिल्लो जनसंख्याको विवरण हेर्दा पनि नेपाल तत्कालै बनाउन सकिने जनसांख्याखिक अनुकूलता रहेको भन्दै अहिलेको राजनीतिक नेतृत्वमा त्यो अनुरूपको हुटहुटी र योजना नरहेकाले रास्वपाबाट राजनीति थालिएको बताए ।
वाग्ले तनहुँ १ बाट रास्वपाको तर्फबाट उपनिर्वाचन लड्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया