मंगलबार, वैशाख ३०, २०८२

ट्राफिकको हल्लाले पनि तनाव र रक्तचाप बढाउँछ

नेपालखोज २०७९ चैत १९ गते ६:२४

काठमाडौं । अक्सर हामीलाई ट्राफिक जाममा फसेको बेला र वरपरका गाडीले हर्न बजाउँदा रिस उठ्छ । किन यस्तो हुन्छ ? नयाँ अनुसन्धानले के पुष्टि गरेको छ भने सडकको हल्लाले हाम्रो तनावको स्तर बढाउन सक्छ । लामो समयसम्म सडकको कोलाहलमा रहँदा रक्तचाप बढ्ने उक्त अध्ययनले देखाएको छ भने सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुले चर्को आवाज र यसको प्रभाव कम गर्न न्यूनीकरण रणनीतिका लागि आह्वान गरेका छन् ।

अघिल्ला अध्ययनहरुले कोलाहलपूर्ण सडक ट्राफिक र उच्च रक्तचापको बढ्दो जोखिम बीचको सम्बन्ध स्थापित गरिसकेको थियो । यद्यपि यसको बलियो प्रमाणको अभाव थियो र यो स्पष्ट थिएन कि ध्वनि वा वायु प्रदूषणले यसमा कति भूमिका खेल्छ ?

यो अध्ययनमा २ लाख ५० हजार भन्दा बढी बेलायती सहभागी थिए जसलाई आठ वर्षभन्दा बढी समयसम्म पछ्याइएको थियो । अन्वेषकहरूले उनीहरूलाई यूके बायोबैंकबाट छनोट गरे जो उच्च रक्तचापको समस्यामा थिएनन् । ती सहभागीहरुको उमेर ४० देखि ६९ वर्ष सम्म थियो ।

‘औसत ८.१ वर्षको डाटा प्रयोग गरेर हामीले कति व्यक्तिमा उच्च रक्तचाप देखा पर्छ भनेर हेर्यौं ।’ बेइजिङस्थित पेकिङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका व्यवसायिक तथा वातावरणीय स्वास्थ्य विज्ञान विभागका सहायक प्राध्यापक जिङ ह्वाङले भने । चीनका ती अन्वेषकहरुले पत्ता लगाए अनुसार सडक ट्राफिक आवाजको नजिक बस्ने मानिसहरूलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।

अन्वेषकहरूले कण र नाइट्रोजन डाइअक्साइड बीचको सम्बन्ध पनि फेला पारेका छन् । यद्यपि, ट्राफिक आवाज र वायु प्रदूषण दुवैको उच्च जोखिममा रहेका मानिसहरूलाई उच्च रक्तचापको उच्च जोखिम थियो, यसमा वायु प्रदूषणको पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

विज्ञहरू किन चिन्तित छन् ?

हाम्रो फिजियोलोजीले ट्राफिकको निरन्तर आवाज वा अन्य आवाजलाई गडबडीका रूपमा बुझ्छ र तनाव थप्छ । यसमा रक्तचाप बढ्नु पनि समावेश छ । यस्तो आवाजको बारम्बार एक्सपोजरले निद्रामा बाधा पुर्‍याउँछ , जसले तनाव बढाउँछ । यो अध्ययनले आवाजको प्रतिक्रिया बीचको सम्बन्ध पनि देखाउँछ । आवाज एक्सपोजर उच्च रक्तचापका लागि जिम्मेवार छ । यसले उच्च ट्राफिक भएका ठाउँहरुमा वायु प्रदूषणको बढेको स्तरलाई पनि हाइलाइट गर्दछ । पिएम २.५ को लामो समयसम्मको एक्सपोजरले पनि रक्तचाप बढाउन सक्छ र दीर्घकालीन उच्च रक्तचाप निम्त्याउन सक्छ ।

ट्राफिक आवाजले स्वास्थ्य जोखिम बढाउँछ

२०१० पछिका धेरै अनुसन्धानहरूमा ट्राफिक हल्ला हृदय रोग ९ऋख्म्० का लागी एक प्रमुख पर्यावरणीय जोखिम भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो रिपोर्ट अनुसार दक्षिण एशियामा कम्तीमा चार वयस्क मध्ये एक जनालाई उच्च रक्तचाप छ जसमध्ये करिब १२ प्रतिशत मानिसको मात्र रक्तचाप नियन्त्रणमा हुन्छ । अनियन्त्रित रक्तचाप हृदयघात र स्ट्रोकका लागि मुख्य जोखिम कारकहरू मध्ये एक हो र विश्वव्यापी रुपमा मृत्यु र रोगको सबैभन्दा सामान्य अनि बहुप्रचलित कारण हो ।

यो अध्ययन जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजी (व्ब्ब्ऋ) मा प्रकाशित भएको छ ।

प्रतिक्रिया