शुक्रबार, वैशाख २६, २०८२

सुन खानीका कारण ४० लाखभन्दा बढी जोखिममा

नेपालखोज २०७९ चैत १९ गते १६:००

काठमाडाैं । विषाक्त पारा सानो मात्रामा सुन फेला पार्न र निकासी गर्न प्रयोग गरिन्छ जसले यसको खोजिमा संलग्नहरूको स्वास्थ्यमा ठूलो जोखिम खडा गरेको छ । यसको रोकथामका लागि मिनामाटा कन्भेन्सन नामको विश्वव्यापी सन्धि पनि छ, जसमा सुन खानी भएका देशहरूले विषाक्त पाराको प्रयोगका बारेमा नियमित जानकारी दिनुपर्ने हुन्छ । यो सन्धि देशहरूलाई पाराको प्रयोग न्यूनीकरण गर्न मद्दत गर्ने उद्देश्यले ल्याइएको हो । यो पारा उत्सर्जनको अनुमानमा आधारित २५ देशहरु द्वारा प्रदान जानकारीको एउटा अध्ययन हो जसमा धेरै अफ्रिकी, दक्षिण अमेरिकी तगा एशियाली देशहरू समावेश छन् ।

यो अध्ययनले पाराका बारेमा देशहरूले पर्याप्त जानकारी प्रदान नगर्ने बताएको छ। कुनै पनि देशले आफ्नो सुन उत्पादनको मात्रा कसरी निर्धारण गर्छ त्यसबाट पनि कति पारा प्रयोग भएको थियो भन्ने जानकारि पाउन सकिन्छ । यद्यपि, देशहरूले प्राय: सम्भावित अनुमानहरूमा त्यस्तो जानकारी प्रदान गर्दैनन् ।

लाखौं जोखिममा

अध्ययन अनुसार विश्वभर करिब १ करोड ५० लाख कारीगर र साना सुन खानी कामदारहरू सुन खानीहरुमा संलग्न छन्। यी व्यक्तिहरूले हरेक दिन यो कामसँग सम्बन्धित खतरनाक अवस्थाहरूको सामना गर्छन् । पारा एक शक्तिशाली न्यूरोटोक्सिन हो। पारा वाष्पले स्नायु, पाचन र प्रतिरक्षा प्रणाली, फोक्सो र मृगौला आदिमा खतरनाक प्रभाव पार्छ, जुन घातक पनि हुन सक्छ । पारा विशेष गरी बालबालिका तथा गर्भवती महिलाहरुका लागी हानिकारक छ । यसको गम्भीर प्रभाव विकासशील भ्रूणमा पर्छ । अध्ययनले सुन खानीमा संलग्न करिब १.५ करोड खानी कारीगरहरूमध्ये ४० देखि ५० लाख महिला वा बालबालिका रहेको देखाएको छ ।

अहिले संसारमा सुन उत्पादन सम्बन्धि पर्याप्त तथ्याङ्कको अभाव छ । सेन्ट्रल अफ्रिकन रिपब्लिक र मेडागास्कर जस्ता पन्ध्र देशले सुनको उत्पादन गणना गर्न एउटा मात्र स्रोत उपलब्ध गराउँछन् । साना सुन खानीमा लाग्ने खर्च धान्न नसक्दा सुन निकाल्न मेसिनको विकल्प छैन् । सुनसँग चट्टानबाट नदीहरूमा जम्मा हुन्छ। त्यसपछि पारालाई आगो प्रयोग गरेर सुनबाट अलग गरिन्छ। यो प्रक्रियामा पाराको विषाक्त वाष्प हावामा छोडिन्छ । यो सुन निकाल्ने सस्तो बिधि हो तर यसमा पाराले विषाक्त पदार्थ हावामा फाल्छ र पानी प्रणालीलाई प्रदूषित गर्न सक्छ।

संयुक्त राष्ट्रसंघका अनुसार सुन खानीको खतरनाक प्रक्रियाले मानिसले उत्सर्जन गर्ने पाराको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ, जसले पारा प्रदूषणको सबैभन्दा ठूलो स्रोत बनाउँछ । २०१३ मा संयुक्त राष्ट्र संघले कारीगरी र साना स्तरका सुन खानी साथै अन्य पारा उत्सर्जनलाई चरणबद्ध रुपमा कम गर्न मिनामाता कन्भेन्सन भनिने विश्वव्यापी सन्धि सिर्जना गरेको थियो । हाल १३९ देश यो सन्धिमा प्रतिबद्ध छन्।

प्रतिक्रिया