बारा २ मा जसपा उम्मेदवारलाई लोसपाको साथ
नेपालखोज
२०७९ चैत १९ गते १८:१९

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सघाउने भएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले शनिबार जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
उनले स्थानीय जनताको माग आफू बारा २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया