देशकाे रूपान्तरणकाे लागि रविलाइ सहयाेग गर्छु- जगन्नाथ पौडेल

काठमाडाैं । कांग्रेस नेता जगन्नाथ पौडेलले चितवन–२ मा हुने आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन् ।
उनले आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा आफ्नो समर्थन रास्वपाका उम्मेदवारलाई रहने बताएका हुन् ।
‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो । त्यो भएको हुनाले उहाँहरूलाई सहयोग गर्दाखेरी देशले निकास पाउने पौडेलले भने ।
उनले तत्काल रास्वपामा प्रवेश गर्नेबारे भने नसोचेको बताए । पौडेल लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा उनले पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया