मंगलबार, जेठ ८, २०८१

मदन भण्डारीको त्यो अन्तरवार्ता

सुनिल उलक २०७९ चैत २० गते १२:२७

देशको आजको अवस्थामा मदन भण्डारीको यो अन्तरवार्ता निकै महत्त्वपूर्ण हुन सक्छ । न्यूजवीक पत्रिकाका लागी मिचेल लिटविनले लिएको यो अन्तरवार्ता सन १९९१ को मे २७ को अङ्कमा छापिएको थियो ।

अन्तर्वार्ता भन्दा दुई हप्ता अगाडी २०४८ वैशाख २९ गते मात्र देशमा आम चुनाव भएको थियो । देशमा बहुदलीय घोषणा पछि भएको आम चुनावमा काठमाडौं क्षेत्र नं.१ र क्षेत्र नं ५. बाट एमालेबाट मदनकुमार भण्डारीको विजय प्रति जनताको ठुलो सपना जोडिएको थियो । चुनाव पछि गिरिजाप्रसाद कोइरालाको सरकार गठन पूर्व यो अन्तर्वार्ता न्यूजवीक पत्रिकामा छापिएको थियो ।

विपक्षी पार्टीको महासचिवको रूपमा सशक्त भूमिका निर्वाह गरिरहेका मदन भण्डारीको यस अन्तर्वार्ताको दुई वर्ष पछि २०५० जेठ ३ गते चितवनको दास ढुङ्गाको रहस्यमय दुर्घटनामा देहान्त भएको थियो । यो मृत्युले केवल एउटा दलको नेता मात्र गुमाएको थिएन सिङ्गो देशले एउटा भावी नेतृत्व र सपना नै गुमाएको थियो ।

संयोगवश, त्यो दिन म पनि दिनभरको झरी पछि कृष्ण भीरमा आएको पहिरोको कारण काठमाडौं जाने क्रममा धेरै समय मुग्लिङमा अल्झेको थिए । त्यही नै दुखद दुर्घटनाको समाचार सुनेको थिए । तर त्यति बेलासम्म जीवितै भेटिने धेरैमा आशा थियो ।

खैर, दुर्घटना वा हत्या जे भनिए पनि नेपालको एक भावी सपना सदाको लागी अस्तायो । न्यूजविककै भनाइमा पनि एक अर्को कार्ल मार्क्सको अन्त भएको थियो ।

प्रतिक्रिया