मंगलबार, वैशाख १८, २०८१

अजय देवगनका उत्कृष्ट चलचित्र कहाँ हेर्ने ?

नेपालखोज २०७९ चैत २० गते १२:४५

काठमाडाैं । अजय देवगनले आफ्नो लामो करियरमा सबै किसिमका फिल्ममा काम गरेका छन् । एक्शन, कमेडी, रोमान्टिक वा इमोशनल सबै फिल्ममा अजयले आफ्नो छाप छोडेका छन् । कमर्सियल फिल्मसँगै उनले यस्ता फिल्म पनि गरिरहे जसलाई ‘अफ बीट’ भनिन्छ । अब अजयका उत्कृष्ट १० फिल्मको कुरा गरौं र ति चलचित्र अनलाइनमा कहाँ हेर्न सकिन्छ जानकारी लिउँ।

जख्म

अजयको घरमा सबै धर्मलाई सम्मानको नजरले हेरिन्छ । उनकि आमाको विगतले उनलाई सताउँछ र उनकि आमाको मृत्युलाई राजनीतिक उद्देश्यका लागि मुद्दा बनाइन्छ।

निर्देशक : महेश भट्ट

कलाकार : अजय देवगन, सोनाली बेन्द्रे, पूजा भट्ट तथा आशुतोष राणा ।
हिट गित : गली में आज चांद निकला, हम यहां तुम यहां, रात सारी बेकरारी में ।

के छ खास ?

यो फिल्म भन्दा पहिले अजय देवगन पर्दामा झगडा मात्र गर्थे र उनलाई अभिनेताका रुपमा कसैले पनि गम्भीर रुपमा लिएका थिएनन् । महेश भट्टले निर्देशन गरेको यो फिल्ममा अजयको अभिनय उनको उत्कृष्टमध्ये एक हो । यो फिल्मपछि अजयको मानसिकता बद्लियो र उनले एक्शन हिरोको छविबाट छुटकारा पाए । उनले राम्रा फिल्म र राम्रा भूमिका खोज्न थाले । यो फिल्मबाट उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाएका थिए ।

कहाँ हेर्ने ?

  • युट्युब

हम दिल दे चुके सनम (१९९९)

एक पुरुषले आफ्नी श्रीमती विवाहअघि अर्कैसँग प्रेममा रहेको थाहा पाउँछ । वास्तबमा उसले यो कुरा थाहा पाई-पाई जबरजस्ती विवाह गरेको हो । यद्यपि समयको पर्वाह नगरी उसले आफ्नी पत्नीलाई उनको प्रेमीसँग पुनर्मिलन गराउन इटाली लान्छ।

निर्देशक : संजय लीला भंसाली
कलाकार : सलमान खान, ऐश्वर्या राय बच्चन तथा अजय देवगन ।
हिट गित : चाँद छुपा बादल में , निम्बोड़ा , आँखों की गुस्ताखियां , ढोली तारो ढोल बाजे , तड़प-तड़प , हम दिल दे चुके सनम ।

के छ खास ?

सलमान खान र ऐश्वर्या जस्ता स्टारको तुलनामा अजय देवगनको भूमिका सानो थियो । यसका बावजुद अजयले आफ्नो कुशल अभिनयले दर्शकको मन जिते । उनले एक आदर्श पतिको भूमिका निर्वाह गरेका छन् जसले विवाह पछि आफ्नी श्रीमतीलाई आफ्नो पहिलो प्रेमीबाट जित्न नसक्ने महसुस गर्छन्। यसमा अजयले आफ्नो भूमिका निकै गम्भीरताका साथ निर्वाह गरेका छन् । यो फिल्मपछि उनका प्रशन्सकहरुको संख्या बढेको थियो ।

कहाँ हेर्ने ?

  • यूट्यूब तथा इरोज नाऊ

द लीजेन्ट अफ भगतसिंह (२००२)

यो चलचित्र भारतिय स्वतन्त्रता सेनानी भगत सिंहमा आधारित छ । बाल्यकालदेखि नै अंग्रेजहरूको अत्याचार देखेका भगत सिंहले अंग्रेजहरूको सामना गर्छन्।
निर्देशक : राजकुमार सन्तोषी
कलाकार : अजय देवगन, सुशांत सिंह, अखिलेन्द्र मिश्रा, अमृता राव तथा राज बब्बर ।

हिट गित : मेरा रंग दे बसंती , पगड़ी संभाल जट्टा , सरफरोशी की तमन्ना ।

के छ खास ?

कुनै समय भगत सिंहमाथि एकैपटक पाँचवटा फिल्म बनेको थियो । जसमध्ये अजय देवगन अभिनित ‘द लिजेन्ड अफ भगत सिंह’ पनि थियो। अजयले भगत सिंहको आक्रामकता, जोश र देशभक्तिलाई पर्दामा सूक्ष्मताका साथ चित्रण गरेका छन्। यो फिल्मबाट उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड प्राप्त गरेका थिए ।

कहाँ हेर्ने ?

  • वूट, यूट्यूब

गंगाजल (२००३)

सीनियर सुपरिटेन्डेन्ट अफ पुलिस (प्रहरी वरिष्ठ उपरीक्षक ) अमित कुमारलाई उच्च अपराध दर भएको सहरमा पठाइन्छ । अमित कुमारले अपराधी र भ्रष्ट अधिकारीहरूसँग व्यवहार गर्नुपर्छ।

निर्देशक : प्रकाश झा
कलाकार : अजय देवगन, ग्रेसी सिंह, मुकेश तिवारी, अखिलेन्द्र मिश्रा तथा मोहन जोशी ।

हिट गित : रसिया मन बसिया ।

के छ खास ?

फिल्ममा नयाँ केही छैन, तर जसरी कथा भनिएको छ, त्यसले यसलाई यादगार बनाएको छ । अजय देवगनको अभिनय यो फिल्मको सबैभन्दा ठूलो प्लस प्वाइन्ट हो ।

कहाँ हेर्ने ?

  • हटस्टार

मस्ती (२००४)

तीनजना साथी धेरै दिन पछी भेटिन्छन । उनीहरु वैवाहिक जीवनबाट थाकेका छन् । उनीहरु विवाहबाहिर सम्बन्ध राखेर जीवनमा रोमाञ्चकता भर्न चाहन्छन् । यस बिच एउटा हत्या हुन्छ र त्यसको सुई उनिहरु वरिपरि घुम्छ।

निर्देशक : इन्द्र कुमार

कलाकार : अजय देवगन, रितेश देशमुख, विवेक ओबेराय, अमृता राव, तारा शर्मा, जेनेलिया डिसूजा, लारा दत्ता, सतीश शाह, अर्चना पूरण सिंह तथन राखी सावन्त।

हिट गित : चेन कुली की मेन कुली , चोरी चोरी छोरा छोरी ।

के छ खास ?

एक शानदार एडल्ट कमेडी। अजय देवगनको सधैं एक्सन र कमेडी फिल्मतर्फ झुकाव देखिन्छ । यो फिल्ममा उनको कमिक टाइमिङ उत्कृष्ट छ । पछि मस्तीको सिक्वेल पनि बनेको थियो ।

कहाँ हेर्ने ?

  • यूट्यूब

रेनकोट (२००४)

ओ. हेनरीको एउटा छोटो कथामा आधारित । दुई प्रेमी मनु र नीरु दुर्भाग्यवश अलग भएका छन् । एकदिन उनिहरु भेट्छन् । तिनीहरूले आफूले बाँचिरहेको जीवनका बारेमा कुरा गर्छन् । मनुले नीरुको मद्दत खोज्छ, तर नीरुको अवस्था अझ खराब छ।
निर्देशक : ऋतुपर्णों घोष
कलाकार : अजय देवगन, ऐश्वर्या राय बच्चन, सुरेखा सीकरी तथा अन्नू कपूर ।
हिट गित : पिया तोरा कैसा अभिमान , मथुरा नगरपति , राह देखे ।

के छ खास ?

अजय देवगनको करियरक‍ एक ु फरक किसिमको फिल्म । एउटै घरमा भारतीय सिनेमाका दुई ठूला स्टारलाई ठेठ बलिउड फिल्मभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ । अजयले यस्तो भावपूर्ण भूमिका कमै निर्वाह गरेका छन् ।

ओँमकारा (२००६)

यो अपराध फ्लिम शेक्सपियरको ‘ओथेलो’ बाट प्रेरित थियो। लङ्डाले ओमकाराको उत्तराधिकारी बन्ने सपना देख्छ तर केसुलाई उत्तराधिकारी बनाउँदा लङ्डाको शरीरमा आगो बल्छ र ऊ बदला लिन आतुर हुन्छ। फिल्मले उत्तर भारतको राजनीतिक अवस्था तथा आपराधिक पृष्ठभूमिलाई पनि चित्रण गरेको छ ।
निर्देशक : विशाल भारद्वाज
कलाकार : अजय देवगन, करीना कपूर खान, सैफ अली खान, विवेक ओबेराय, बिपाशा बसु, कोंकणा सेन शर्मा तथा नसीरुद्दीन शाह ।

हिट गित : बीड़ी जलई रे , नमक , ओ साथी रे ।

के छ खास ?

व्यावसायिक फिल्मसँगै अजय देवगनले आफूमा रहेका कलाकारलाई सन्तुष्ट तुल्याउने फिल्ममा पनि काम गर्दै आएका छन् ।
‘ओमकारा’ ती फिल्ममध्येको एक हो । फिल्म मनोरञ्जनका साथै गहिरो अर्थले भरिपूर्ण छ । फिल्मको अन्त्यमा, अजयको चरित्रलाई दर्शकले घृणा गर्छन् र यसमा अजयले उत्कृष्ट प्रदर्शन दिएका छन् ।

कहाँ हेर्ने ?

  • इरोज नाऊ तथा यूट्यूब

वन्स अपन ए टाइम इन मुम्बई (२०१०)

मुम्बई अन्डरवर्ल्ड कुख्यात ग्याङस्टर हाजी मस्तान र दाउद इब्राहिमबाट प्रेरित । सुल्तान मिर्जाले अपराधको संसारमा प्रभुत्व जमाए पनि उनि गरिबहरूलाई सहयोग गर्न कहिल्यै पछि हटदैनन्। उनको आफ्नै चेला शोएबसँग मतभेद छ र दुबैले आफ्नै शर्तमा मुम्बई शासन गर्ने प्रयास गर्छन्।
निर्देशक : मिलन लथुरिया
कलाकार : अजय देवगन, कंगना रनौट, इमरान हाशमी, प्राची देसाई तथा रणदीप हुड्डा
हिट गित : पी लूं , तुम जो आए जिंदगी में ।

के छ खास ?

जोरदार संवाद, एक-अर्कामा हावी हुने खालका दृश्य, जबरदस्त एक्शन तथा अजय देवगनक हीरोगिरी यो फिल्मका प्रमुख आकर्षण वा विशेषता हुन्। अजयले आफ्नो चरित्रलाई धेरै सूक्ष्मताका साथ बाँचेकाछन् । सेतो पहिरन तथा हातमा चुरोट समातेका अजय साँच्चै सुल्तानजस्तै देखिन्छन् । उनीसँग रोबिनहुड जस्तो चरित्र छ । यो फिल्म अजयको अभिनयका लागि सम्झिईन्छ ।

कहाँ हेर्ने ?

  • अल्ट बालाजी

सिंघम (२०११)

एक निडर प्रहरी अफिसरको कथा जो एक शक्तिशाली , भ्रष्ट र खतरनाक व्यक्तिसँग भिडन डराउँदैन ।
निर्देशक : रोहित शेट्टी
कलाकार : अजय देवगन, काजल अग्रवाल तथा प्रकाश राज ।
हिट गित : सिंघम

के छ खास ?

अजयले सिंहको जस्तो निडर र इमान्दार प्रहरी अफिसरको भूमिका यति विश्वस्तताका साथ निभाएका छन् कि भारतकम पुलिस हाकिमहरुले आफ्ना अफिसरहरूलाई उत्प्रेरित गर्न यो फिल्म देखाए । यो फिल्ममा अजय सिंह जस्तै देखिएका छन् । जब पर्दामा उनी गर्जन्छन् सिनेमा हल सिट्टी र तालीले गुन्जिन्छ । एउटा शुद्ध व्यवसायिक चलचित्र जुन राम्रोसँग सफल भयो ।

दृश्यम (२०१५)

गोवाका आईजीपीका छोरा बेपत्ता भएपछि प्रहरीले विजय र उनको परिवारलाई शंका गरेको छ । लाख प्रयास गर्दा पनि प्रहरीले विजयविरुद्ध कुनै प्रमाण जुटाउन सक्दैन । के यसमा विजयको हात छ ?
निर्देशक : निशिकान्त कामत
कलाकार : अजय देवगन, श्रेया सरन, तब्बू, ईशिता दत्ता, रजत कपूर तथा कमलेश सावन्त ।
हिट गित : कार्बन कपी

के छ खास ?

अपराधीले आफ्नो अपराध यति सफाईसँग गर्छ कि उसले कुनै प्रमाण छोड्दैन । प्रहरीलाई अपराधी हो भन्ने थाहा छ तर उसले केही गर्न सक्दैन। अपराधीले आफ्नो परिवार बचाउन अपराध गरेकाले दर्शकले उ प्रति सहानुभूति राख्छन् । एक ठोस स्क्रिप्ट जसले दर्शकहरूलाई बाँधेर राख्छ।

कहाँ हेर्ने ?

  • यूट्यूब , हटस्टार तथा नेटफ्लिक्स ।

प्रतिक्रिया