शनिबार, वैशाख १५, २०८१

ट्विटरमा सर्वाधिक फलो कसको ?

नेपालखोज २०७८ साउन १४ गते १७:३१

काठमाडौं । के तपाईंलाई थाहा छ ? संसारमा सबैभन्दा धेरै ट्विटर फलोअर्स भएका हस्तिहरु को-को हुन् ? आउँनुहोस विश्वमा सर्वाधिक फलोअर्स भएका टप १० व्यक्तित्वहरुका बारेमा जानकारी लिउँ ।

यो सूचिको पहिलो स्थानमा छन् अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा । ट्विटरमा ओबामाका १२ करोड ९८ लाख फलोअर्स छन् । राष्ट्रपतिबाट हटे पछि ओबामा आफ्नो ट्वीटमा अधिकतर ओबामा फाउन्डेशनले गर्ने सामाजिक कार्यहरुको जानकारी दिन्छन् ।

दोस्रो नम्बरमा छन् ब्रिटिस गायक तथा यूथ आइकन जस्टिन बीबर । उनका ११ करोड ३८ लाख फलोअर्स छन् टुईटरमा । यो सूचिको तेस्रो स्थानमा छिन् अमेरिकाकी पप स्टार केटी पेरी, जसका ट्विटरमा १० करोड ८८ लाख फलोअर्स छन् । केटि ट्विटरकी दोस्रो सबैभन्दा प्रभावशाली महिला पनि हुन् ।

यसैगरि प्रसिद्ध गायिका रिहाना चौथो स्थानमा छिन, जसलाई ट्विटरमा १० करोड २६ लाखले फलो गरेका छन् । रिहाना अक्सर आफ्नो भनाइका कारण ट्विटरमा चर्चामा रहन्छिन् । पोर्चुगलका प्रसिद्ध फुटबल खेलाडी क्रिस्टीयानो रोनाल्डो यो सूचिको पाँचौ स्थानमा छन् । ट्विटरमा रोनाल्डोका ९ करोड ३१ लाख फलोअर्स छन्।

प्रतिक्रिया