सोमबार, असार २, २०८२

बारा-२ मा ४ जनाको मनोनयन दर्ता

नेपालखोज २०७९ चैत २० गते १३:४९

काठमाडौं । बारा-२ मा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

वैशाख १० गतेको उपनिर्वाचनका लागि २ स्वतन्त्र, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया