चितवनबासीले यो पटक विवेकले निर्णय लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपालखोज
२०७९ चैत २० गते १५:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा चितवनबासीले विवेकले निर्णय लिनुपर्ने बताएका छन् । उनले मंसिर ४ को निर्वाचनपछि चितवन २ बाट निर्वाचित सांसदसँग जोडिएर आएको घटनालाई समिक्षा गरेर विवेक प्रयोग गर्नुपर्ने बताए ।
चितवनमा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘बारा २ र तनहुँ १ का सांसद त उपराष्ट्रपति र राष्ट्रपति बनेकाले उपनिर्वाचन हुदैँछ । चितवन २ बाट हिजो जितेका सांसद मूलुकको के बने ? त्यसैले चितवनले यो पटक समिक्षा गर्नुपर्छ । आवेकले होइन्, विवेकले निर्णय लिनुपर्छ ।’
उनले पार्टी भित्र फरक मत राख्ने कांग्रेसीजनहरुलाई ‘घर फर्कौ, रुख रोजौँ’ भन्ने अपिल गरे । शर्माले जीतनारायण श्रेष्ठलाई जिताएर पठाउन चितवनबासीलाई आग्रह गरे ।
सम्बन्धित
प्रतिक्रिया