गोलीको खोकाबाट गहना

नेपालखोज २०७९ चैत २१ गते १४:५५

एजेन्सी । कम्बोडियाका एक सुनारले अहिले रोचक किसिमका गहना बनाउँदने काममा लागेका छन् । यी गहनाहरू विशेष छन् किनभने ति बन्दुकको गोलीको खोकाबाट बनाइएका छन्। थोएन शान्तले आफ्नो गहनाले शान्तिको सन्देश फैलाउने आशा राखका छन् । नोम पेन्हका थोम शान्तले बनाएको गहना आफैमा अद्वितीय छन । गोलीको खोलबाट बनाइएका यी गहनालाई उनी ‘पउनिअफ आर्ट’ भन्छन ।

शान्तले आफ्ना बुबाको सम्झनामा यी गहना बनाउँछन् । खमेर रुजको तानाशाही कालमा उनका बुबालाई मृत्युदण्ड दिइएको थियो । यस्ता गहनालाई अंगकोर बुलेट ज्वेलरी भनिन्छ। कलाकार शान्तले हत्यामा प्रयोग हुने वस्तुलाई सुन्दर वस्तुमा परिणत गरेर शान्तिको सन्देश फैलाउने आशा राखेकी छन् । थोएन शान्त आफू द्वन्द्वपीडित भएको र द्वन्द्वमा परिवारका सदस्य गुमाएको बताउँछन् । अहिले विश्व युद्धमा छ, उनी शान्तिको सन्देश फैलाउन चाहन्छन् ।

गहना बनाउन उनले AK-47 तथा M-16 बुलेटहरू प्रयोग गरेका छन्, जुन उनले शूटिङ रेन्ज तथा सेनाको प्रशिक्षण मैदानबाट सङ्कलन गर्छन् । उनि गोलीका खोकाहरू पगाल्छन र मोल्डमा खन्याउँछन । उनि हरेक हप्ता करिब पाँच किलोग्राम गोली पगाल्छन्, जसबाट दैनिक २० वटा गहना तयार गरिन्छ ।

प्रतिक्रिया