रवि लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ राेकियो
नेपालखोज
२०७९ चैत २१ गते १५:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाले बहस सुरु नहुँदै अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।
लामिछानेमाथिको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया