पोखरा १८ नम्बर वडाको पुन: मतगणना गर्न अदालतको आदेश
नेपालखोज
२०७९ चैत २१ गते १९:२३

काठमाडाैं । पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना बदर गरी पुनः मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुन: मतगणना गर्न आदेश दिएको हो ।
अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए ।
गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा–१८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद तिमिल्सना एक हजार ६४३ मत ल्याएर विजयी बनेका थिए । तर, प्रतिष्पर्धी एमालेका उम्मेद्वार पुष्कलबहादुर थापाले भने तत्कालै पुन: मतगणनाको माग राखेका थिए ।
सम्बन्धित

प्रतिक्रिया