आइतबार, असार १५, २०८२

हनुमान जयन्तीमा व्रत र विशेष पूजा

नेपालखोज २०७९ चैत २२ गते ६:२३

नुमान जयन्ती अर्थात् बजरंगबलीको जन्मजयन्ती चैत्र महिनाको पूर्णिमाका दिन मनाइन्छ । यसपटक हनुमान जयन्ती चैत्र २३ गते बिहीबार (६ अप्रिल ) मनाइँदैछ । पौराणिक मान्यता अनुसार हनुमानजीलाई रुद्रावतार अर्थात् भगवान शिवको अवतार मानिन्छ । उहाँको जन्म चैत्र महिनाको पूर्णिमाको दिन मंगलबार भएको थियो ।

त्यसैले मंगलबारको दिन बजरंगबलीलाई समर्पित मानिन्छ र यस दिन व्रत तथा पूजा गर्नाले उनको कृपा ( आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । हनुमान जयन्तीका अवसरमा भक्तजनहरूले व्रत बसेर पूजा–आराधना गर्छन् । यस दिन हनुमान मन्दिरहरूमा भण्डाराको आयोजना गरी विभिन्न अनुष्ठान गरिन्छ। हेरौं हनुमान जयन्तीको महत्व, घरमा कसरी हनुमानजिको पूजा गर्ने तथा पूजाको शुभ समय सम्बन्धि जानकारी

हनुमान जयन्तीको दिन

पञ्चाङ अनुसार भोलि चैत्र २३ गते बिहिवार हनुमान जयन्ती मनाइँदैछ । वास्तवमा चैत्र पूर्णिमाको तिथि आज चैत्र २२ गते बुधबार बिहान ९ बजेर १९ मिनेटमा सुरु भै भोलि चैत्र २३ गते बिहिवार राति १० बजेर ४ मिनेटमा समाप्त हुनेछ । त्यसैले उदयतिथिको मान्यता अनुसार भोलि चैत्र २३ गते बिहिवार हनुमान जयन्ती मनाइदैछ । यस दिन व्रत बसेर बजरंगबलीको पूजा आराधना गरिन्छ ।

हनुमान जयन्तीको पूजाका लागि शुभ समय

हनुमान जयन्तीको पुजाको शुभ साइत भोलि चैत्र २३ गते बिहिवार बिहान ६:०६ बजेदेखि ७:४० बजेसम्म रहनेछ । त्यसपछि दिउँसो १२:२४ देखि १:५८ बजेसम्म पूजा गर्न सकिन्छ । यस बाहेक साँझ ५:७ बजेदेखि ८.७ बजेसम्मको समयलाई पनि शुभ समय मानिएको छ ।

हनुमान जयन्तीको महत्व

हनुमान जयन्तीको पूजाको विशेष महत्व छ । यसदिन दिन बजरंगबलीको पूजा गर्ने व्यक्तिलाई उनले सबै रोग र दोषबाट टाढा राखेर सबै प्रकारका संकटबाट बचाउने जनविश्वास छ भने जीवनमा दुस्ख हटेर सुख शान्ति प्राप्त हुन्छ । यसका साथै शनिदेवको अशुभ अवस्थाबाट पीडित व्यक्तिले हनुमान जयन्तीको व्रत राख्ने हो भने शनिको दोष हटेर दुःखबाट मुक्ति मिल्छ ।

हनुमान जयन्तीको पूजा विधि 

हनुमानजीको पूजा गर्न बजरंगबलीलाई रातो फूल, सिन्दुर, अक्षता, सुपारी, मोतीचुरको लड्डू, रातो कपडा तथा तुलसीको पात चढाउन सकिन्छ । यसदिन हनुमान चालिसाको पाठ गर्नुपर्छ भने हनुमानजीको आरती पनि गर्नुपर्छ । हनुमानजीलाई भोगका रूपमा लड्डू, हलुवा तथा केरा चढाउन सकिन्छ । यस दिन सुन्दरकाण्ड र बजरंगबाणको पाठको पनि विशेष महत्व छ । यति गर्नाले बजरंगबली प्रसन्न हुन्छन् र हाम्रो वरिपरिबाट सबै प्रकारका नकारात्मक ऊर्जाहरू हट्छन् ।

प्रतिक्रिया