सिक्किमको नाथुलामा हिमपहिरोमा परि तीन नेपालीकाे मृत्यु
नेपालखोज
२०७९ चैत २२ गते ८:४५

काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परि तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरूमा दुईजना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् । यस्तै एक जना रुपन्देहीका मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएकाे छ ।
मृत्यु हुने अन्यमा भारतको कोलकाता, उत्तरप्रदेश र पश्चिम बंगालका रहेका छन् । मंगलबार दिउँसो जवाहरलाल नेहरु सडकमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परेका १४ जनालाई उद्धार गरेर अस्पतालमा लगिएको थियो । जसमध्ये सातजनाको मृत्यु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया