शनिबार, पुष १२, २०८२

आईपीएलबाट खेलाडिहरुले कति कमाउँछन ?

नेपालखोज २०७९ चैत २२ गते १०:४५

काठमाडाैं । आईपीएल (इन्डियन प्रिमियर लिग) विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग हो । यो टी–२० लिगको १६ औँ सिजन सुरु भैसकेको छ। यसको पहिलो सिजन २००८ मा खेलिएको थियो । आईपीएलको यसपटकको लिलामीमा इङ्ल्यान्डका अलराउन्डर साम केरेनलाई पञ्जाब किंग्सले १८.५ करोडमा किनेको थियो । योसँगै करेन आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बने ।

खेलाडीको तलबमा एउटा टिमले डेढ अरब सम्म खर्च गर्न सक्ने नियम छ । यसरी १० वटै टिमको कुरा गर्ने हो भने खेलाडीहरुले बढीमा १५०० करोड रुपैयाँ तलब प्राप्त गर्न सक्छन् । यद्यपि तलबको मामिलामा विश्वका शीर्ष ३ लिगको तुलनामा आइपीएल निकै पछाडि छ ।

टेलिग्राफको रिपोर्टका अनुसार आईपीएलमा खेलाडीलाई विश्वका ठूला लिग अनुसार पारिश्रमिक दिइयो भने खर्च ३ गुणासम्म बढ्न सक्छ । डेलोइटका अनुसार अमेरिकाका टप–३ लिग एनबीए, एनएफएल र मेजर लिग बेसबलमा खेलाडीहरुले कुल आम्दानीको ४८ प्रतिशत पारिश्रमिक प्राप्त गर्छन् । यसबीच इङ्लिस प्रिमियर लिग २०२०-२१ मा खेलाडीलाई आम्दानीको ७१ प्रतिशत रकम दिइएको थियो। आईपीएलमा यो रकम १८ प्रतिशत मात्र छ अर्थात् यहाँ खेलाडीले ठूलो रकम पाउँदै आए पनि विश्वका अन्य लिगको अगाडि त्यो कहीँ पनि टिक्दैन् ।

आईपीएलमा एउटा टिमको आम्दानी करिब ८ सय करोड हुन्छ । रिपोर्टहरु अनुसार सन् २०२३ मा एउटा टिमले करिब ८ सय करोड रुपैयाँ कमाउन सक्छ । जबकि शीर्ष टिमहरूले थप ८० करोड प्राप्त गर्न सक्छन् । आईपीएलको अर्को सिजनदेखि सबै टिमको पारिश्रमिक ५ करोडले बढ्न सक्छ अर्थात् एउटा टिमले १ सय करोड रुपैयाँ खर्च गर्न सक्नेछ ।

आईपीएलमा सबैभन्दा तल्लो श्रेणीका खेलाडीले ३२ लाख रुपैयाँ मात्र पाउँछन् ।अर्कातर्फ यदि कुनै खेलाडीले पूरै सिजनमा एउटै खेल खेलेन भने उसको पारिश्रमिक २० प्रतिशतले काटिन्छ ।

यसबाट विदेशी बोर्डहरूले पनि पैसा पाउँछन् । विदेशी बोर्डहरूले पनि आईपीएलबाट कमाई गर्छन् । नियम अनुसार हरेक खेलाडीको पारिश्रमिकको १० प्रतिशत बोर्डले पाउँछ । यही कारणले गर्दा अधिकांश बोर्डले आईपीएल चलिरहेका बेला अन्तर्राष्ट्रिय सिरिजहरू खेलाउँदैनन् । आईपीएलबाट अष्ट्रेलिया, इंग्ल्याण्ड तथा वेस्ट इन्डिजका खेलाडीले सबैभन्दा धेरै कमाउँछन् ।

अहिले आईपीएलका टिमहरू पनि विश्वभरका लिगहरूमा प्रवेश गरिरहेका छन् । यसमा क्यारेबियन प्रिमियर लिग, साउथ टी–२० लिग, मेजर लिग क्रिकेट तथा युएई टी–२० अन्तर्राष्ट्रिय लिग समावेश छन् ।

प्रतिक्रिया