राष्ट्रपति वा प्रधानमन्त्री बनेर राजनीतिमा छाएका महिला

काठमाडाैं । लिज ट्रस बेलायतकि पछिल्लो महिला प्रधानमन्त्री हुन् । ट्रस एक दर्जन भन्दा बढी त्यस्ता युरोपेली महिलाहरूको समूहकि सदस्य हुन् जसले आ-आफ्नो देशको राष्ट्रपति वा प्रधानमन्त्री बनेर राजनीतिमा इतिहास रचेका छन् ।
गएको जुलाईमा बोरिस जोनसनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकि ट्रसले प्रधानमन्त्री पदको दौड जितेकि थिईन । सन् १९७९ देखि १९९० सम्म पदभार सम्हाल्ने ‘आइरन लेडी’ मार्गरेट थ्याचर र २०१६ देखि २०१९ सम्म शासन गरेकी थेरेसा मेपछि ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बनेकी थिईन् । यद्यपि उनको कार्यकाल धेरै दिन टिकेन ।
डेनमार्कमा सबैभन्दा कान्छी प्रधानमन्त्री
सामाजिक लोकतान्त्रिक नेता मेटे फ्रेडेरिक्सन जुन २०१९ मा डेनमार्कको सबैभन्दा कान्छी प्रधानमन्त्री बनिन्। उनले ४१ वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेकि थिईन । डेनमार्ककि पहिलो महिला प्रधानमन्त्री सोसल डेमोक्र्याट नेता हेले थर्निंग-स्मिट थिइन्, जसले २०११ देखि २०१५ सम्म यो पद सम्हालिन्।
इस्टोनियाको पहिलो महिला राष्ट्रपति
५२ वर्षीया पूर्व ईयु लेखा परीक्षक केर्स्टी काल्जुलेद सन् २०१६ को अक्टोबरमा बाल्टिक राज्य इस्टोनियाको पहिलो महिला राष्ट्रपति बनिन् । यद्यपि, एस्टोनियामा कम शक्तिसँगै राष्ट्रपति पद औपचारिक महत्त्वको मात्र छ।
एस्टोनियाको पहिलो महिला प्रधानमन्त्री
जनवरी २०२१ मा काजा कलास इस्टोनियाको पहिलो महिला प्रधानमन्त्री भइन्। उनका बुबा सिम कलास सन् २००२ देखि २००४ सम्म प्रधानमन्त्री थिए ।
विश्वकै कान्छी प्रधानमन्त्री
डिसेम्बर २०१९ मा एक सोशल डेमोक्र्याट सन्ना मरिन ३४ वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनिन्। फिनल्याण्डकी तेस्री महिला प्रधानमन्त्री मरिनले आफ्नो पदलाई निरन्तरता भने दिन सकिनन किनभने ताजा जनादेसमा उनको पार्टी असफल भयो ।
फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री
६१ वर्षीय इन्जिनियर एलिजाबेथ बोर्न मे महिनामा फ्रान्सको प्रधानमन्त्री बनेकी थिइन् । उनी समाजवादी नेता एडिथ क्रेसनपछि यो पद सम्हाल्ने दोस्रो महिला हुन्। क्रेसनले सन् १९९० को दशकको सुरुमा एक वर्षभन्दा कम समय यो पदमा रहिन् ।
ग्रीसकि प्रथम महिला राष्ट्रपति
व्यवसायिक वकिल कटरिना साकेलारोपौलो जनवरी २०२० मा ग्रीसको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। यद्यपि, ग्रीसमा राष्ट्रपतिको भूमिका धेरै हदसम्म औपचारिक हुन्छ। साकेलारोपौलोले पहिले नै २०१८ मा देशको सर्वोच्च अदालतको अध्यक्ष बनेर न्यायपालिकामा छाप छोडिसकेकि थिईन ।
हंगेरीमा पहिलो महिला राष्ट्रपति
मार्च २०२२ मा क्याटलिन नोभाक, प्रधानमन्त्री भिक्टर ओर्बनको नजिकको सहयोगी र पूर्व पारिवारिक नीति मन्त्री, हंगेरीको पहिलो महिला राष्ट्रपति चुनिईन ।
लिथुआनियामा महिला नेतृत्व
४७ वर्षीया रक एण्ड आइस हक्की फ्यान इन्ग्रिडा सिमोनाइट लिथुआनियाका पूर्व अर्थमन्त्री डिसेम्बर २०२० मा केन्द्रिय सरकारको प्रधानमन्त्री भइन । लिथुआनियामा महिला नेतृत्वको बलियो परम्परा छ, जसमा “बाल्टिक आइरन लेडी” डालिया ग्रिबोभस्काइटले २००९ देखि २०१९ सम्म एक दशक सत्तामा बिताएकि थिईन्।
स्लोभाकियामा पहिलो महिला राष्ट्रपति
उदारवादी वकिल तथा भ्रष्टाचार विरोधी कार्यकर्ता ४८ वर्षीय जुजाना कापुटोभाले जुन २०१९ मा स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेकी थिइन्। राजनीतिक नयाँ भए पनि उनले सत्तारुढ दलका उम्मेदवारलाई चुनावमा सजिलै पराजित गरिन ।स्लोभाकियामा राष्ट्रपतिसँग प्रधानमन्त्रीको भन्दा कम शक्ति हुन्छ तर कानून र वरिष्ठ न्यायाधीशहरूको नियुक्तिमा उनले भिटो प्रयो गर्न सक्छिन ।
स्वीडेनले पायो महिला प्रधानमन्त्री
लैङ्गिक समानताको च्याम्पियन भए पनि स्वीडेनमा म्याग्डालेना एन्डरसनभन्दा पहिले महिला प्रधानमन्त्री भएका थिएनन् । नोभेम्बर २०२१ मा सोसल डेमोक्र्याट म्याग्डालेनाले चुनाव जितेर त्यो सौभाग्य जुटाईन् । म्याग्डालेना एक अर्थशास्त्री पनि हुन्, जसले सात वर्षसम्म अर्थमन्त्रीका रूपमा देसको सेवा गरेकि छिन ।
बाँकी देशहरू जहाँ महिला शक्तिको नेतृत्व छ
अहिले जर्जियाका राष्ट्रपति सलोमे जुराबिस्भिली, आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिर, कोसोभोका राष्ट्रपति भोजोसा उस्मानी, मोल्डोभाकी राष्ट्रपति तथा प्रधानमन्त्री मिया सान्डु र नतालिया गाभरिलिता, सर्बियाकी गे एना ब्रनाबिक र स्कटल्यान्ड सरकारकी प्रथम मन्त्री निकोला स्टुर्गन जस्ता अन्य महिला नेतृत्वदाई भूमिका छन ।
एएफपी
प्रतिक्रिया