नेपाल–भियतनामबीच महिला फुटबल हुदैँ

नेपालखोज २०७९ चैत २२ गते १२:२८

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ । पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो ।

फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ ।

नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया