आइतबार, जेठ ६, २०८१

मुम्बईसँग गुजरात पराजित

नेपालखोज २०८० वैशाख ३० गते ५:१८

काठमाडौं । आइपिएलमा शुक्रवार राति अबेर सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मुम्बईले गुजरातलाई २१९ रनको लक्ष्य दिएको थियो ।

जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो । गुजरातका लागि राशिद खानले सर्वाधिक ७९ रन बनाए । उनले आईपीएलमा आफ्नो पहिलो अर्ध शतक पूरा गरे ।

अघिल्लो खेलमा गुजरातले मुम्बईलाई ५५ रनले हराएको थियो भने यो खेलमा मुम्बई २७ रनले विजयी भयो । यो खेलमा गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

अङ्क तालिकामा फेरबदल

मुम्बई इन्डियन्स तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । यता गुजरात टाइटन्स १२औँ खेलमा चौथो हार बेहोरे पनि शीर्ष स्थानमा छ ।

सातौँ जितपछि मुम्बईको अब १४ अङ्क छ । अर्कातर्फ चेन्नई सुपर किंग्स १५ अङ्कसहित दोस्रो स्थानमा छ । चौथो स्थानमा १२ अङ्कका साथ राज स्थान रोयल्स छ ।

शनिवार डबल हेडर खेलहरू छन् जसमा लखनउ सुपर जायन्ट्स एक्सनमा देखिनेछ। यसको अर्थ भोलि अङ्क तालिकामा थप उतारचढाव आउनेछ ।

प्रतिक्रिया